अपाङ्ग व्यक्तिहरूको लागि दर्ता कार्ड

परिचय

"अपाङ्ग व्यक्तिहरूका लागि दर्ता कार्ड" ("कार्ड") स्थायी वा अस्थायी रूपमा अपाङ्ग भएका पीडित व्यक्तिहरूलाई जारी गरिन्छ। यो कार्डको उद्देश्य कार्डधारकलाई आवश्यक परेको समयमा आफ्नो अपाङ्गता अवस्था बारे दस्तावेज प्रमाण देखाउन सक्षम बनाउनु हो। योग्य व्यक्तिहरूले हुलाक द्वारा, वा अनलाइन पनि नयाँ कार्ड जारी गराउन, नवीकरण गर्न वा प्रतिलिपि प्राप्त गर्नको लागि आवेदन गर्न सक्छन्। नयाँ कार्ड जारी गराउन र नवीकरणको लागि कुनै शुल्क तिर्नु पर्दैन। कार्डको प्रतिलिपिको लागि प्रतिलिपि शुल्क हङकङ $५८ तिर्नुपर्छ जुन समायोजन गर्न सकिन्छ।

जुन २४, २०२४ देखि यो कार्ड भौतिक कार्डको रूपमा र विद्युतीय संस्करणमा समेत जारी गरिएको छ। ई-कार्ड र भौतिक कार्डको ढाँचा एकजस्तै छन्। योग्य व्यक्तिहरूले "ई-कार्डहरू" छनौट गर्न सक्छन् र (नयाँ जारी, नविकरण वा कार्डको प्रतिलिपि सहित) आवेदन गर्ने बेला आफ्नो इमेल ठेगानाहरू प्रदान गर्न सक्छन्। भौतिक कार्ड भएका हालका धारकहरूको लागि, केन्द्रीय पुनर्वास रजिस्ट्रीले विद्युतीय संस्करणको लागि आवेदन गर्न चाहनेहरूको लागि अर्को चरणमा व्यवस्था गर्नेछ। यस बारे विवरण केहि समयमा घोषणा गरिनेछ।


मार्गदर्गन टिप्पणीहरू