अपाङ्ग व्यक्तिहरूको लागि दर्ता कार्ड
-
उद्देश्य
"अपाङ्ग व्यक्तिहरूको लागि दर्ता कार्ड" ("कार्ड") स्थायी वा अस्थायी प्रकृतिको अपाङ्गता बाट पीडित हुने व्यक्तिहरूलाई जारी गरिन्छ। कार्डको उद्देश्य कार्डधारकलाई आवश्यक परेको बेला आफ्नो अपाङ्गता अवस्थाको बारेमा दस्तावेज प्रमाण देखाउन सक्षम बनाउनु हो। यो एक विशेषाधिकार वा क्रेडिट कार्डहोइन। कार्डधारकको पहिचानको लागि र कार्डधारक बाहेकका व्यक्तिहरू द्वारा कार्डको दुरुपयोग रोक्नको लागि कार्डधारकको नाम, लिंग, फोटो र अपाङ्गताको प्रकार(हरू) कार्डमा छापिएको हुन्छ। यो कार्ड हस्तान्तरण गर्न सकिँदैन र तेस्रो पक्षलाई बिक्री समेत गर्न सकिँदैन।
जुन २४, २०२४ देखि यो कार्ड भौतिक कार्डको रूपमा र विद्युतीय संस्करणमा समेत जारी गरिएको छ। ई-कार्ड र भौतिक कार्डको ढाँचा एकजस्तै छन्। योग्य व्यक्तिहरू (तलको भाग II हेर्नुहोस्) ले "ई-कार्ड" छनौट गर्न सक्छन् र (नयाँ जारी, नविकरण वा कार्डको प्रतिलिपि सहित) आवेदन गर्ने बेला आफ्नो इमेल ठेगानाहरू प्रदान गर्न सक्छन्। भौतिक कार्ड भएका हालका धारकहरूको लागि, केन्द्रीय पुनर्वास रजिस्ट्री (CRR) ले विद्युतीय संस्करणको लागि आवेदन गर्न चाहनेहरूको लागि अर्को चरणमा व्यवस्था गर्नेछ। यस बारे विवरण केहि समयमा घोषणा गरिनेछ।
-
कसले आवेदन गर्छ सक्छ
सुन्ने समस्या, कम्जोर दृष्टि, बोल्ने समस्या, शारीरिक अपाङ्गता, अटिजम, मानसिक रोग, बौद्धिक अपाङ्गता, आन्द्राको अपाङ्गता/दीर्घकालीन रोग, ध्यानको कमी/हाइपरएक्टिभिटी विकृति र विशिष्ट शिक्षण समस्या सहितका समस्याले ग्रसित व्यक्ति र उक्त अपाङ्गताको अवास्थाले पीडित व्यक्तिको मुख्य दैनिक जीवनका गतिविधिहरू, आर्थिक र सामाजिक गतिविधिहरूमा सहभागिता, र/वा गतिशीलता माथि असर परको छ तथा पुनर्वास गर्न सामान्य भन्दा धेरै समय लाग्छ भने त्यस्ता व्यक्तिले यस कार्डको लागि आवेदन गर्न सक्छन्।
-
आवेदन
अपाङ्ग व्यक्तिहरू स्वयम् वा उनीहरूको तर्फबाट उनीहरूका अभिभावक वा कानुनी अभिभावक द्वारा आवेदन गर्न सकिन्छ। आवेदकहरूको तर्फबाट आवेदन गर्दा कृपया आवेदक सँगको आफ्नो सम्बन्ध बारे दस्तावेज प्रमाणको प्रतिलिपि प्रस्तुत गर्नुहोस्।
-
आवेदन प्रक्रियाहरू
श्रम तथा कल्याण ब्यूरोको वेबसाइट (https://crr.lwb.gov.hk/crr_public/eng/site.htm) मार्फत अनलाइन वा हुलाक द्वारा समेत आवेदन गर्न सकिन्छ।
हुलाक द्वारा आवेदनको लागि, कृपया श्रम तथा कल्याण ब्यूरोको वेबसाइट(https://www.lwb.gov.hk/en/servicedesk/crr_rc/download_crr.html)बाट आवेदन फारम (CRR3) डाउनलोड गर्नुहोस् वा CRR, श्रम विभागको चयनित नियुक्ति विभाजनको जिल्ला कार्यालयहरू, समाज कल्याण विभागको जिल्ला समाज कल्याण कार्यालयहरू वा गृह मामिला विभागको गृह मामिला सोधपुछ केन्द्रहरू बाट सङ्कलन गर्नुहोस्। सहायक दस्तावेज (कृपया तलको (a) देखि (c) सम्म हेर्नुहोस्) सहित पूरा गरिएको आवेदन फारम CRR मा पठाउनुपर्छ। कृपया फिर्ता पठाउने ठेगाना सहित हुलाक वस्तुको लागि पर्याप्त हुलाक शुल्क सुनिश्चित गर्नुहोस् (कम शुल्क भएको हुलाक वस्तुहरू अस्वीकार गरिनेछन्)। CRR को ठेगाना निम्नानुसार छ:
पुनवाछसको लागग केन्द्रीय रजिस्ट्री
शश्रम तथा कल्याण ब्यूरो
Unit 1001, 10/F, The Hub,
23 Yip Kan Street,
Wong Chuk Hang, Hong Kongआवेदनको लागि आवश्यक दस्तावेज (क्रमशः नयाँ जारी / नवीकरण / प्रतिलिपिको लागि) र ध्यान दिनुपर्ने सम्बन्धित मुद्दाहरू निम्नानुसार छन्:
(a) नयाँ जारी
एक आवेदकले आवेदन फारम, आफ्नो अपाङ्गता प्रमाणित गर्ने दस्तावेज प्रमाण (कृपया तलको भाग V हेर्नुहोस्), आफ्नो परिचयपत्रको प्रतिलिपि र हालको रङ्गीन फोटो (६ महिना भित्र पूर्ण अनुहार देखिने गरि लिईएको रंगीन फोटो जसको पृष्ठभूमि सादा हुनुपर्छ) सहित बुझाउनु पर्छ।
(b) नवीकरण
CRR ले अस्थायी प्रकृतिका अपाङ्गता भएका र १८ वर्ष मुनिका (क्रमशः ११ र १८ वर्ष मुनिका बालबालिका र किशोरहरू सहित) व्यक्तिहरूलाई म्याद सहितका कार्डहरू जारी गर्छ। यी कार्डहरू म्याद सकिएपछि स्वतः अमान्य हुनेछन्।
अस्थायी अपाङ्गता भएका व्यक्तिलाई जारी गरिएको कार्डको मान्य अवधि सामान्यतया दुई वर्ष हुन्छ, र यस अवधिको गणना CRR द्वारा धारकको अपाङ्गता दस्तावेज प्रमाण प्राप्त भएको मितिदेखि गरिन्छ। कार्डधारकले आफ्नो कार्डमा भएको म्याद सकिने मिति भन्दा दुई महिना भित्र देखि नवीकरणको लागि आफ्नो आवेदन बुझाउन सक्छ। कार्डधारकले आफ्नो अपाङ्गता प्रमाणित गर्ने दस्तावेज प्रमाण सहित आवेदन फारम बुझाउन आवश्यक छ (कृपया तलको भाग V हेर्नुहोस्)।
यदि कुनै कार्डधारकले आफ्नो कार्डमा रहेको म्याद सकिने मिति भन्दा दुई महिना अघि नवीकरणको लागि आवेदन बुझाउँछ भने उक्त व्यक्तिले माथि उल्लेखित दस्तावेज बाहेक चाँडै नवीकरण आवेदन गर्नको कारण उल्लेख गर्दै एउटा पत्र बुझाउनु पर्छ र नयाँ कार्ड प्राप्त गरेपछि आफ्नो मान्य भौतिक कार्डको मूल प्रति CRR लाई फिर्ता गर्नुपर्छ।
११ वा १८ वर्षको उमेर पुगेपछि बालबालिका/किशोरले क्रमशः आफ्नो नवीकरण अनुरोधको आवेदन फारम सहित आफ्नो अपाङ्गता प्रमाणित गर्ने दस्तावेज प्रमाण (कृपया तलको भाग V हेर्नुहोस्), हालको रङ्गीन फोटो (सादा पृष्ठभूमि भएको छ महिना भित्र लिइएको पूर्ण अनुहार देखिने रङ्गीन फोटो) र आफ्नो ११ वा १८ औं जन्मदिनको दुई महिना भित्रको हालको पहिचान पत्रको प्रतिलिपि सहित बुझाउन आवश्यक छ।
कार्ड नवीकरणको लागि आवेदन गर्दा, १८ वर्ष भन्दा कम उमेरका कार्डधारक द्वारा गरिएको कार्डको अघिल्लो आवेदनमा मान्यता प्राप्त अधिकारीहरू पहिले नै स्थायी प्रकृतिको अपाङ्गता प्रमाणित गरेको छ भने त्यस्ता कार्डधाराकले अपाङ्गताको बारेमा नयाँ दस्तावेज प्रमाण बुझाउन आवश्यक छैन।
(c) प्रततललपप
- हराएको कार्डको लागि –
- कार्डमा छापिएको व्यक्तिगत जानकारी/अपाङ्गता प्रकार(हरू) परिवर्तनको लागि
कार्डधारकले आफ्नो परिचय पत्रको प्रतिलिपि सहित कार्डको प्रतिलिपि निकाल्ने कारण उल्लेख गर्दै एउटा पत्र सहित आवेदन फारम बुझाउनुपर्छ। कृपया प्रतिलिपि शुल्क र भुक्तानी विधिको लागि तलको भाग VII हेर्नुहोस्।
कार्डधारकले गरिनुपर्ने परिमार्जन(हरू) उल्लेख भएको एउटा पत्र, आफ्नो परिचय पत्रको प्रतिलिपि, आफ्नो अपाङ्गता (हरू) प्रमाणित गर्ने दस्तावेज प्रमाण (अपाङ्गता प्रकार(हरू) परिवर्तनको लागि कृपया तल भाग V हेर्नुहोस्) सहित आवेदन फारम बुझाउनु पर्छ। कृपया प्रतिलिपि शुल्क र भुक्तानी विधिको लागि तलको भाग VII हेर्नुहोस्।
नयाँ कार्ड प्राप्त गरेपछि कार्डधारकले आफ्नो मान्य भौतिक कार्डको मूल प्रति CRR लाई फिर्ता गर्नुपर्छ।
-
अपाङ्गता प्रमाणित गर्ने दस्तावेज प्रमाण (हरू)
अपाङ्गता सम्बन्धी दस्तावेज प्रमाणहरू पछिल्लो छ महिना भित्र जारी गरिएको हुनुपर्छ र आवेदकको अपाङ्गता प्रत्येक प्रकार र अपाङ्गताको अवधि तोकिएको हुनुपर्छ। अपाङ्गता सम्बन्धि त्यसता दस्तावेज प्रमाणहरूमा निम्न समावेश हुन सक्छन्:
(a) हङकङमा दिाग भएका गचककत्सक वा सम्बक्न्धि स्वास््यकमी द्वारा जारी र्ररएका प्रमाणपत्रहरू;
(b) हङकङमा दर्ता भएका चिकित्सक वा सम्बन्धित स्वास्थ्यकर्मी द्वारा जारी गरिएको "अपाङ्ग व्यक्तिहरूको लागि कार्ड दर्ताको लागि अपाङ्गता प्रकार प्रमाणपत्र (CRR4)" (आवेदन फारम सहित सङ्लग्न गरिएको वा श्रम तथा कल्याण ब्यूरोको वेबसाइटhttps://www.lwb.gov.hk/en/servicedesk/crr_rc/download_crr.html)बाट डाउनलोड गरिएको));
(c) शिक्षा ब्यूरो द्वारा दिइएको अनुदान बाट सञ्चालित विशेष विद्यालयहरूको प्रभारी अधिकारी; समाज कल्याण विभाग द्वारा दिइएको अनुदान बाट सञ्चालित पुनर्वास सम्बन्धित गैर-सरकारी संस्थाहरू; वा व्यावसायिक प्रशिक्षण परिषद शाइन सीप केन्द्रहरू द्वारा जारी गरिएको "अपाङ्ग व्यक्तिहरूको लागि कार्ड दर्ताको लागि अपाङ्गता प्रकार प्रमाणपत्र (CRR4)";
(d) अपाङ्ग चालकहरूको लागि यातायात विभाग द्वारा जारी गरिएको अपाङ्गता प्रमाण; वा
(e) समाज कल्याण विभागले जारी गरेको अपाङ्गता प्रमाणपत्र (१००% कमाउने क्षमता गुमाएका अपाङ्गता भत्ता वा सामाजिक सुरक्षा सहायता प्राप्त गर्ने आवेदकहरूले "सहमति फारम - सामाजिक कल्याण विभाग (CRR/SWD1) बाट जानकारी जाँचको लागि अधिकार” प्रयोग गर्न सक्छन्। (आवेदन फारममा संलग्न वा श्रम तथा कल्याण ब्यूरोको वेबसाइट (https://www.lwb.gov.hk/en/servicedesk/crr_rc/download_crr.html) बाट डाउनलोड गर्न सकिन्छ) आवेदकहरूको अपाङ्गता-सम्बन्धित जानकारी समाज कल्याण विभागसँग प्रमाणित गर्न CRR लाई अधिकार दिनुपर्छ)।
-
कार्ड जारी
यदि आवेदकले माथि दिइएको जारी गर्ने मापदण्ड पूरा गर्छ भने, CRR ले भौतिक कार्ड र विद्युतीय संस्करण क्रमशः हुलाक र इमेल मार्फत पठाउनेछ।आवेदकहरूले सही पत्राचार ठेगाना र इमेल ठेगाना स्पष्ट रूपमा भर्नुपर्छ।
आवेदन फारम र सबै आवश्यक जानकारी र दस्तावेज प्राप्त भएपछि, CRR ले 15 कार्य दिवस भित्र कार्ड जारी गर्नेछ।
फारममा व्यक्तिगत जानकारी प्रदान गर्नु पूर्ण रूपमा स्वैच्छिक छ। आवेदकहरूले प्रदान गरिएको जानकारी र सान्दर्भिक सहायक दस्तावेज सत्य र सही छन् भनि सुनिश्चित गर्नुपर्छ, र फारममा घोषणा समेत गर्नुपर्छ। आवश्यक व्यक्तिगत जानकारी वा मान्य अपाङ्गता प्रमाण प्रदान नगरिएको खण्डमा CRR ले आवेदन प्रसोधन गर्न सक्दैन।
CRR ले आवेदकहरूको कार्ड जारी गर्ने, रद्द गर्ने र जफत गर्ने अधिकार सुरक्षित राख्छ।
-
शुल्क
नयाँ कार्ड जारी गर्न र नवीकरणको लागि कुनै शुल्क लाग्दैन।
हराएको कार्डको प्रतिलिपि र कार्डमा छापिएको व्यक्तिगत जानकारी/अपाङ्गता प्रकार(हरू) को परिवर्तनको लागि, प्रतिलिपि शुल्क हङकङ $५८ लाग्छ, जुन समायोजन गर्न सकिन्छ। भुक्तानी चेक वा क्यासियर आदेश "The Government of the HKSAR" लाई वा ई-चेक (crrecheque@lwb.gov.hkमा इमेल मार्फत पठाइने) मार्फत गर्न सकिन्छ। कृपया हुलाक मार्फत नगद नपठाउनुहोस्।
कार्डधारकहरूले वित्तीय आधारमा प्रतिलिपि शुल्क माफीको लागि आवेदन गर्न सक्छन्। आवेदकले सहायक दस्तावेज (जस्तै, सामाजिक कल्याण विभाग द्वारा जारी गरिएको मान्य "चिकित्सा छूटका लागि व्यापक सामाजिक सुरक्षा सहायता प्राप्तकर्ता प्रमाणपत्र" को प्रतिलिपि) सहित लिखित रूपमा आवेदन बुझाउनु पर्छ।
-
रद्द
यदि कार्डधारकले आफ्नो कार्डमा रहेको म्यादको मिति भन्दा अघि नै कार्ड रद्द गर्न चाहन्छ भने, उनीहरूले लिखित रूपमा अनुरोध बुझाउन तथा कार्डको मूल प्रति CRR लाई फर्काउन आवश्यक छ।
-
यक्तिगत जानकारी सङ्कलन बारे बयान
प्रदान गरिएको व्यक्तिगत जानकरी कार्ड आवेदन तथा जारी सँग सम्बन्धित उद्देश्यको लागि मात्र प्रयोग गरिनेछ। CRR ले पुनर्वास सेवाको योजना बनाउन तथा अनुसन्धान उद्देश्यहरूको लागि अपाङ्गताको तथ्याङ्क उपलब्ध गराउन हङकङमा कार्ड धारक भएका अपाङ्ग व्यक्तिहरूको जानकारी सङ्कलन र सङ्ग्रह गर्छ। प्रदान गरिएको व्यक्तिगत जानकारी गोपनीय राखिनेछ र "व्यक्तिगत जानकारी (गोपनीयता) अध्यादेश" को सान्दर्भिक प्रावधान अनुसार व्यवस्थापन गरिनेछ, र संक्षिप्त तथ्याङ्कको रूपमा बाहेक कुनै अन्य व्यक्ति वा संस्थालाई यो जानकारी खुलासा गरिने छैन।
कार्डधारकको स्पष्ट सहमति अनुसार नै अपाङ्गता प्रकार(हरू) सहितको जानकरी तेस्रो पक्ष वा सम्बन्धित कार्डधारक द्वारा अधिकार दिइएका संस्थालाई जारी गर्न सकिन्छ।
व्यक्तिगत जानकरी माथि उल्लिखित उद्देश्यहरू पूरा भएको एक वर्ष पछि हटाइनेछ।
आवेदकहरू सँग व्यक्तिगत जानकरी (गोपनीयता) अध्यादेशको अनुसूची १ को खण्ड १८ र २२ तथा सिद्धान्त ६ मा प्रदान गरे अनुसार आफ्नो व्यक्तिगत जानकारीमा पहुँच प्राप्त गर्ने र सुधार गर्न
अनुरोध गर्ने अधिकार छ। आवेदकहरूले शुल्क तिरेर CRR मा संरक्षित आफ्नो व्यक्तिगत जानकारीको प्रतिलिपि प्राप्त गर्न सक्छन्। व्यक्तिगत जानकारीको पहुँच र सुधार सहित व्यक्तिगत जानकारी व्यवस्थापनको बारेमा सोधपुछ गर्न निम्नमा सम्पर्क गर्नुपर्छ:
पुनर्वासको लागि केन्द्रीय रजिस्ट्री
श्रम तथा कल्याण ब्यूरो
Unit 1001, 10/F, The Hub,
23 Yip Kan Street,
Wong Chuk Hang, Hong Kong
आवेदकको अपाङ्गता (हरू) सम्बन्धि आवेदनको लागि स्वीकार गरिने दस्तावेज प्रमाणका माथिका उदाहरणहरू पूर्ण नहुन सक्छन्। अतिरिक्त सोधपुछको लागि, आवेदकहरूले CRR (सोधपुछ टेलिफोन नम्बर: २१८० ९३८४) लाई सम्पर्क गर्न सक्छन्।